पवन कुमार उपाध्याय
रौतहट,१० असार । सर्लाहीमा आयोजना गरिएको दुई दिने कृषि पत्रकारिता सम्बन्धी तालिम शनिबार सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाकाे समन्वय र आमसञ्चार प्राधिकरण मधेस प्रदेशकाे आयोजनामा असार ८/९ गते लालबन्दी बजार अवस्थित रहेको नमस्ते होटलमा दुई दिने कृषि पत्रकारिता तालीम सम्पन्न भएको हो ।
आयोजक आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव,नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्री,प्रमुख अतिथिकाे रूपमा मिडिया काउन्सिल मधेस प्रदेश अध्यक्ष कैलास दास, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिव नम्रता सिंह, प्रशिक्षक अनाजका अध्यक्ष किरण आचार्य, आमसञ्चार प्राधिकरणका कार्यालय प्रमुख उपेन्द्र सिंह र प्रशिक्षक सुरेश यादव विज्ञ प्रशिक्षक तथा नेपाल पत्रकार महासंघका सदस्यहरू उपस्थिति थियो।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिव नम्रता सिंहले सभाहलमा कार्यक्रम सम्बोधन गर्दै भने पत्रकारले समाचार संप्रेषण गर्दा सत्य,तथ्य बुझेर प्रकाशन/प्रसारण गर्न र कृषि क्षेत्रमा पत्रकारको पनि भुमिका हुन आवश्यकता रहेको बताए। तालिममा सर्लाही, रौतहट, सप्तरी सिरहा लगायत ३० जना पत्रकारहरूको सहभागिता रहेको थिए । तालिममा कृषि क्षेत्रमा लामो समयदेखि आवद्ध रहेका विज्ञले प्रशिक्षण दिएका थिए ।
कृषि पत्रकारिता सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी पत्रकारहरूलाई प्रमुख अतिथि कृषि विश्वबिद्यालय मधेस प्रदेश सप्तरीका रजिस्टार डा.श्री भगवान ठाकुरले प्रमाण पत्र वितरण गरेका थिए। कृषि सम्बन्धी कतिपय कुराहरू धेरैलाई थाहा नहुने भएकोले पत्रकारहरूको माध्यमबाट जनस्तरसम्म जानकारी दिनका लागि पत्रकारहरूलाई तालिम दिइएको प्रमुख ठाकुरले बताए । ‘
यो तालिमबाट यहाँका पत्रकारहरूलाई कृषि क्षेत्रमा कलम चलाउन पक्कै पनि सहज हुनेछ । यसमा म पूर्ण विश्वस्त छु’ उनले भने । दुई दिनको तालिम पर्याप्त नभए पनि केही हदसम्म समाचार लेखनमा सहयोग पुग्ने उनको भनाई थिए । ‘दुई दिनको तालिम नै पर्याप्त त होइन । तर, पनि हामीले पहिलो पटक कृषि क्षेत्रसँग सम्बन्धित रहेर समाचार लेख्नका लागि मधेश प्रदेश जिल्लाबाट प्रतिनिधित्व हुनेगरि पत्रकारहरूलाई कलम चलाउन केही हदसम्म सहज होस् भनेर तरीकाले कृषि पत्रकारिता सम्बन्धी तालिमको आयोजना गरिएका थिए ।