ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष साहको निधन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ कार्तिक ३०, शुक्रबार (१ साल अघि)
  • ३ पटक पढिएको
ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष साहको निधन

वर्तमानकाल सम्वाददाता
कार्तिक ३० गते ।

रौतहटको ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको निधन भएको छ । मिर्गौलापीडित साहको उपचारका क्रममा विहीबार निधन भएको हो ।

वडाध्यक्ष साह २०७९ सालको स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट निर्वाचित भएका थिए । त्यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

यसैबीच, रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद किरणकुमार साहले वडाध्यक्ष साहको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनामा समवेदना प्रकट गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस