रमेश कुमार यादब
मंसिर ०१, रौतहट
रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर(३ मेवाका सिंगो दलित समुदायले वडा अध्यक्ष रामेश्वर प्रसाद यादवले आफुहरुमाथि जातीय भएको कुरा खुलासा गरेका छन् । पिडित लक्ष्मण रामका अनुसार गत कार्तिक २२ गतेका दिन सम्पन्न भएको छठ पर्वका दिन आफुहरुले छठपर्वको लागि बनाइरहेको छठ पण्डाललाई त्यहाँका नेपाली काँग्रेस पार्टीबाट निर्वाचित वडा अध्यक्ष राम ईश्वर प्रसाद यादवले अछुत जातको पण्डाल हाम्रो पण्डालसंग टाँसिएर बनाउन मिल्दैन भन्दै, यादवको स्वयं संलग्नतामा सयौं व्यक्ति मिलेर आफुहरुको पण्डाल तोडफोड गरि घाट सजाउने सामानहरु समेत जलाइदिए पछि, आफुहरुले त्यसको प्रतिकार गर्न खोज्दा वडा अध्यक्ष यादवले आफुहरुको जातिय स्तर देखाएर नाना थरीको गाली बेइज्जती तथा मार पिटगर्दै मोटरबाट पानी चलाएर पानीको प्रेसरले मारेर आफुहरलाई लखेट्दै भगाएको राम लगायत त्यहाँ स्थानियहरुले आरोप लगाएका छन् ।
दलित समुदायका पिडितहरुले शुक्रबार मेवा गाउँकै दलित बस्तीमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त घटना बारे जानकारी गराउदै, वडा अध्यक्ष यादव स्थानीय सरकारको अंग र एउटा जिम्मेवार व्यक्ति भएर पनि महान आस्थाको पर्व छठको बेलामा आफुहरु माथि गरेको जातिय विभेदको घोर भर्त्सना गर्दै वडा अध्यक्ष यादव लगायत घटनामा संलग्न सम्पूर्णमाथि कडाभन्दा कडा कारबाहीको लागि जोडदार माग गरेका छन् ।
उक्त पत्रकार सम्मेलनमा त्यहाँ दलित समुदायका दर्जनौं दलितले आ–आफ्नो कुरा राख्दै उक्त घटनाको मुख्य दोषी वडा अध्यक्ष यादव नै रहेकोले दोषीउपर कडाभन्दा कडा कारबाही गराउनका निम्ति दलित आयोग लगायत सम्पूर्ण दलित अधिकारकर्मी, मानव अधिकारकर्मी, सुरक्षाकर्मी, केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साथै सम्बन्धित निकाय संग जोडदार माग गरेका छन् ।
त्यसैगरी दलित सामाजिक अभियन्ता राजेश पासवान निर्माणीले संविधानले वर्ण,लिंग,जाति र धर्मको हिसाबले कुनै पनि व्यक्तिसंग विभेद न गर्न कानुन समेत बनाइ सके ता पनि वडा अध्यक्ष यादवले कानुन उलंघन गर्दै जातिय भेदभाव गरेको र जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ र नेपालको संविधानको उलंघन गर्दै,दडण्डित कार्य गरेको भन्दै उहाँले वडा अध्यक्ष यादवको कारबाहीको लागि संबंधित निकाय संग जोडदार माग गरेका छन्।
पासवानले प्रहरी प्रशासनले अटेरी गरि पडितलाई बेवास्ता गरेमा आफुहरु कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। उक्त पत्रकार सम्मेलनमा दर्जनौं पत्रकारहरुको साथै मेवाका दलित समुदाय तथा जिल्लाका दर्जनौं दलित अगुवाहरुको उपस्थिति रहेको थिया