रौतहट,२१ पुस। रेडियोमा समाचार प्रशारण गराएको विषयलाई लिएर कटहरिया म्युजिकल एफएमका प्रबन्ध निर्देशक प्रकाश श्रेष्ठलाई फोन मार्फत अपशब्द प्रयोग गरेर ठिक पारिदिने धम्की आएका छन् ।
विभिन्न गैरकानुनी कार्य गर्दै आएका कटहरिया नगरपालिकाको कटहरियामा रहेका जहरीमाई कृषि सहकारीका संचालक रामचन्द्र साहले कटहरिया म्युजिकल एफएमका प्रबन्ध निर्देशक श्रेष्ठलाई फोन गरेर ठिक पारिदिने धम्की आएको अडियो बाहिरिएका हुन् । मिटरब्याजी साहँु समेत रहेका साह विगतका दिनमा मिटरब्याजी सम्बन्धी उजुरी परेपछि निर्देशक श्रेष्ठ पीडितको पक्षमा उभिएको दिन देखि मौकाको पर्खाईमा रहेका साहको कार्यशैली एवं अनुदानमा आएका रासायनिक मल लक्ष्ति वर्गलाई नदिई बढि रकम लिएर कालोबजारी गर्दै आएको समाचार पटक पटक म्युजिकल एफएमबाट बजाए पछि उक्त धम्की आएको बताइएको छ ।
फोनबाट साहले गाली, अपशब्द प्रयोग गर्दै चाँडै ठिक पारिदिन्छु जस्ता धम्की दिएपछि नेपाल पत्रकार महासंघ रौतहट शाखाको सदस्य समेत रहेका श्रेष्ठले उक्त अडियो सार्वजनिक गरेर धम्की दिनेलाई स्थानीय प्रहरी प्रशासनले कारवाही गर्नुपर्ने माग राखे । अडियो संवादमा साहले भनेपछि समाचार राख्दिन भन्दा पनि ठिक पारिदिने भनेपछि पत्रकार श्रेष्ठ त्रसित बनेका छन् ।
समयमै रौतहट प्रहरी प्रशासन सक्रिय भएर यस्ता गैरकानुनी कार्य गर्ने साहको कारोवारको समाचार प्रशारण गराएर समाजमा सकारात्मक सन्देश फैलाउने व्यक्तिलाई नै ठिक पार्ने कारोवारीलाई कारवाहीको डायरामा ल्याउन जोरदार रुपमा माग गर्दछ । यसैबीच नेपाल पत्रकार महासंघका सचिव गौतम श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै समाचार प्रशारण गरेको निहुँमा फोनबाट धम्की दिने कार्य प्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त कार्यको निन्दै गर्दै गैरकानुनी कार्य गर्ने व्यवसायी रामचन्द्र साहलाई अविलम्ब नियन्त्रणमा लिएर कानुन बमोजिम कारवाही अघि बढाउन माग गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।