वर्तमानकाल सम्वाददाता
बैशाख ०३, रौतहट
रौतहट सदरमुकाम गौर भन्सार स्थित सशस्त्र प्रहरी बलको प्रस्तावित गुल्मका डिएसपी दिनेश बस्नेत पदीय मर्यादा विपरित कार्यशैलीबाट सर्वसाधारण देखि लिएर साना साना व्यवसायीहरु परेशान एवं सास्ती खेप्नु परेका छन् । सशस्त्र प्रहरी बलको मापदण्ड अनुसार प्रस्तावित गुल्म र बेसहरुमा बढि ६ महिना सम्म रहने प्रावधान अनुसार २० दिन अघि प्रास्तावित गुल्म गौरको गुल्मपतिमा डिएसपी बस्नेत पोस्टिंग भएर आए । तर बस्नेत डिउटी अबधीमै मदिरा सेवन गरेर बस्ने गरेको उनी माथि आरोप लाग्दै आएका हुन् । गौर भन्सारको मुख्य नाका भएर सीमापारीबाट सर्वसाधारण देखि लिएर साना साना पोके व्यापारीहरु आउने गर्दछन् ।
क्रान्तिद्वार देखि लिएर भन्सार ढाँट सम्म सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा गौर भन्सार कार्यालयका कर्मचारीहरु चेकिंग गरे पठाउने गरिन्छ । तर त्यही बाटो भएर आएकाहरुलाई ५ सय मिटर भित्रमा सामानहरु खोस्ने जस्ता कार्यले हिजो साँझ सशस्त्रका डिएसपी बस्नेतको पोल खुल्यो । उनी डिउटीमै रहदा ठस ठस मुख गन्हाउने गरेको हुँदा मदिरामै लठ थिए । त्यती मात्रै नभई गौर ५ का व्यवसायीलाई डिएसपी बस्नेत सहितको टोलीले अपशब्दहरु प्रयोग गरेपछि सम्पूर्ण व्यापारीहरु एकत्रित भएका थिए ।
व्यवसायी शनि केसरीले गौरमा पतन्जली लगयातका अन्य नेपाल समानको रौतहटभरीको डिलर रहेको र समान खरिद र विक्री गरेको बिल भर्पाई समेत रहेको भएपनि तस्करीको सामान राखेको भन्दै अपशब्दहरु प्रयोग गरेपछि स्थानीय व्यापारीहरु सशस्त्र प्रहरी माथि खनिएको थियो । गएराति ९ बजेको समयमा सशस्त्र प्रहरीको को टोलि आएर घर नजिक रोकि राखेको गाडी को समान चेक जाच गराउनु भन्यो, मैले हुन्छ चेक गर्नु भने र मैले सबै खरिद र बिक्री बिल हेराउदा सबै सामानहरु नेपालमै बनेको हुदा पनि ,अपशब्द कडा भाषा को प्रयोग, थर्काउने शैलीमा व्यवहार र गाडी जिल्लामा लान्छु भने घुर्की देखाउने कार्य अत्यन्तै निन्दनिय भएको ति व्यापारीले दुखेसो पोखे ।
उक्त घटना पछि त्यहाँ उपस्थित भएका रौतहट उद्योग वाणिज्य संघका पदाधिकारी सहितका संचारकर्मीहरुले डिएसपी बस्नेतको टोलीलाई मेडिकल गराउनुपर्ने भन्दै कुरा गर्न थालेपछि उनीहरु गाडी लिएर कुलेलम ठोकेको थियो । एक त्यसै गौरको व्यापार क्षेत्र दिनप्रति दिन धारासायी बन्दै गएको छ त्यसमा पनि सशस्त्र प्रहरीले नेपाली सामानहरुको डिलर भएका पसलमा गएर जबरजस्ती थर्काउने शैलीका व्यवहारबाट व्यापारीहरु आक्रोशित बनेका छन् ।
यस्ता गुल्मपति डिएसपी बस्नेतलाई विभागीय कारवाहीको माग गरे । दिनभरी मदिरामा लठ रहने डिएसपीबाट अहिले गौरका सर्वसाधारण देखि लिएर साना साना व्यवसायीहरु हैरान परेशान रहेको हुँदा सशस्त्र प्रहरी बल नेपालले कारवाही गरी यस्ता दरुवा डिएसपीलाई तुरुन्तै यहाँबाट हटाउनुपर्ने अडान गौरका पीडित व्यापारीहरुले बताए ।