सुनसरीमा छुरा हानेर बुबाको हत्या, छोरा पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ८, बुधबार (७ महिना अघि)
  • २ पटक पढिएको
सुनसरीमा छुरा हानेर बुबाको हत्या, छोरा पक्राउ

विराटनगर, ०७ श्रावन। सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा ६० वर्षीय एक वृद्धको हत्या भएको छ । बुधबार बिहान स्थानीय ६० वर्षीय सचिव अन्सारीको हत्या भएको हो ।  

उनको हत्या आरोपमा प्रहरीले छोरा मोहम्मद रियाज अन्सारीलाई पक्राउ गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा जग्गा विवादका क्रममा बुधबार बिहान रियाजले बाबुमाथि छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका सचिव अन्सारीलाई तत्काल उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

बाबुको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले छोरा मोहम्मद रियाज अन्सारीलाई पक्राउ गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अगाडि बढाउने सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस