आमाछोरा हत्या काण्डमा : अनुसन्धानको क्रममा बुहारी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १४, बुधबार (४ हप्ता अघि)
  • ५ पटक पढिएको
आमाछोरा हत्या काण्डमा : अनुसन्धानको क्रममा बुहारी पक्राउ

कलैया,१४ माघ । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या घटनामा बुहारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको अनुसन्धानका क्रममा मृतक रामेश्वर मण्डलकी अन्दाजी २५ वर्षीया श्रीमती मनिता देवी मण्डललाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ भईरहेको बाराका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभयो।

एसपी  कुँवरका अनुसार आज बिहान करिब ३ बजे अज्ञात व्यक्तिले घरमा पसी धारिलो हतियार प्रयोग गरी ४६ वर्षीया सुमिन्त्रा देवी मण्डल (आमा) र २८ वर्षीय रामेश्वर मण्डल (छोरा) को हत्या गरेका हुन्।

घटनामा ५२ वर्षीय जगरुप मण्डल (बुवा) र २२ वर्षीया रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन्। घाइते दुवैको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हत्या कसले र किन गरेको भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस