मध्यपहाडी लोकमार्ग: हिमपातका कारण यातायात ठप्प

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १४, बुधबार (४ हप्ता अघि)
  • ३ पटक पढिएको
मध्यपहाडी लोकमार्ग: हिमपातका कारण यातायात ठप्प

काठमाडौं, १४ माघ। मंगलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा बाटो अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा सयौं यात्री अलपत्र परेका छन् ।

लोकमार्ग अलपत्र हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प भएको इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरले जानकारी दिए । निरन्तर हिमपात भइरहेकाले तत्काल सडक सञ्चालन हुने सम्भावना न्यून छ ।

काठमाडौँबाट रुकुम, जाजरकोट, डोल्पालगायत स्थानका निम्ति छुटेका सवारीसाधन निसीखोला गाउँपालिका–६ भल्कोट सिपमा रोकिएका प्रहरी निरीक्षक मानन्धरले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस