मोटरसाइकल दुर्घटना: सिन्धुलीमा एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १४, बुधबार (४ हप्ता अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

काठमाडौं, १४ माघ। दुधौली नगरपालिका-१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यप्रकाश सुवेदीका अनुसार दुधौली नगरपालिका-१० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका निजको नगर अस्पत्ताल सिर्थौली लाने क्रममा बाटोमा मृत्यु भएको डिएसपी सुवेदीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस