नम्बर नखुलेको गाडीले ठक्कर दिँदा युवकको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २५, बुधबार (२ हप्ता अघि)
  • ३६ पटक पढिएको
नम्बर नखुलेको गाडीले ठक्कर दिँदा युवकको मृत्यु

काठमाडौं, २५ चैत्र । काठमाडौँ महानगरपालिका–३२ जडिबुटीमा नम्बर नखुलेको सवारीले ठक्कर दिँदा एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको भिमेश्वर नगरपालिका–१ घर भएका १९ वर्षीय बिराज थामी छन् ।

गएराति साढे ११ बजेतिर जडीबुटीबाट पेप्सिकोला तर्फको सडकमा घाइते अवस्थामा भेटेपछि प्रहरीले उनलाई भक्तपुरको इन्टरेनशनल अस्पतालमा पठाएको थियो । उपचारको क्रममा राति नै उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

उनको टाउकोमा चोट लागेको छ । ठक्कर दिने सवारीको पहिचान नखुलेको र सवारीको नम्बर पहिचान गर्ने प्रयास भइरहेको एसपी सुवेदीले बताए ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस