बस दुर्घटना हुँदा कपिलवस्तुमा २६ यात्रु घाइते

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २७, शुक्रबार (२ हप्ता अघि)
  • ९८ पटक पढिएको
बस दुर्घटना हुँदा कपिलवस्तुमा २६ यात्रु घाइते

काठमाडौं, २७ चैत। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४३७३ नम्बरको बस गएराति सडकमा पल्टिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहका अनुसार घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा तथा ३ जनाको आधारभूत अस्पतालमा उपचार भइरहेको छ । अन्य ६ जनाको बुटवलमा उपचार भइरहेको छ ।

दुर्घटना लगत्तै प्रहरी टोली यात्रुको उद्धारमा खटिएको थियो । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनाबारे अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस