भिरबाट कार खस्दा दक्षिणकालीमा एकको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २९, आईतबार (३ घण्टा अघि)
  • ७० पटक पढिएको
भिरबाट कार खस्दा दक्षिणकालीमा एकको मृत्यु

काठमाडौं, २९ चैत। दक्षिणकाली नगरपालिका-९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको ज्यान गएको छ । हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५२८१ नम्बरको कार दुर्घटनामा परेकाे हाे।

दक्षिणकाली नगरपालिका–८ रानीमडाँडा, केरावारी–सितचोक नजिक सडकबाट कार करिब ७ सय मिटर खस्दा काठमाडौं बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त कार निकाल्ने प्रयार भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस