ट्याक्टरको ठक्करले कैलालीमा बालिकाको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ३, बिहिबार (३ घण्टा अघि)
  • ६६ पटक पढिएको
ट्याक्टरको ठक्करले कैलालीमा बालिकाको मृत्यु

धनगढी, ०३ वैशाख। कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाकाे मृत्यु भएको छ । बुधबार राति लम्कीचुहा नगरपालिका-५ को चौरीस्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरकाे ठक्करबाट ६ वर्षीया बालिका
डिनल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चाैधरीलाई राति पाैने ९ बजेतिरघर नजिकै सडकमा खेलिरहेकी अवस्थामा ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी डिनललाई तत्काल उपचारका लागि बर्दगोरिया अस्पताल लगिएको थियो ।

उनको उपचारकै क्रममा अस्पतालमा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्याक्टर र चालक लम्कीचुहा नगरपालिका–५ कै ३७ वर्षीय राम बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस