सिरहामा हावाहुरीको कहर, पर्खाल भत्किँदा महिलाको ज्यान गयो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ६, आईतबार (२ दिन अघि)
  • ५८ पटक पढिएको
सिरहामा हावाहुरीको कहर, पर्खाल भत्किँदा महिलाको ज्यान गयो

सिरहा, ०६ बैशाख। सिरहामा शनिबार साँझ आएको तीव्र हावाहुरीका कारण घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सखुवानन्कारकट्टी गाउँपालिका – २, मकरामपुरकी करिब ६० वर्षीया किसुनवती यादव रहेकी छन्। हावाहुरीले घरको जस्तापाता उडाएपछि संरचना कमजोर भई पर्खाल ढलेको थियो।

सो क्रममा खसेको इँटाले टाउकोमा चोट लागेर उनी गम्भीर घाइते भएकी थिइन्। घटनापछि स्थानीयले उनलाई उद्धार गर्ने प्रयास गरे पनि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ भने शव परीक्षणका लागि अस्पताल पठाइएको छ। शनिबार राति आएको हावाहुरीले मधेस प्रदेशका विभिन्न स्थानमा जनजीवन प्रभावित बनाएको छ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस