बिहारमा विक्रमशिला सेतु भत्कियो, ठूलो दुर्घटना टर्‍यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २१, सोमबार (२ घण्टा अघि)
  • ६९ पटक पढिएको
बिहारमा विक्रमशिला सेतु भत्कियो, ठूलो दुर्घटना टर्‍यो

काठमाडौं, २१ वैशाख। भारतको बिहार राज्य अन्तर्गत भागलपुर जिल्लामा रहेको विक्रमशिला सेतु मा आइतबार राति ठूलो दुर्घटना भएको छ। सेतुको १३३ नम्बर पिलर अचानक भत्किँदा त्यसमा अडिएको स्ल्याब गंगा नदी मा खसेको हो।

प्रहरी र प्रशासनले समयमै सवारी आवागमन रोकेका कारण मानवीय क्षति भने हुन पाएन। यदि सवारीसाधन आवतजावत भइरहेको भए ठूलो जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ।

घटनापछि नवगछिया र भागलपुरबीचको यातायात सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको छ। दुर्घटनास्थलमा सुरक्षा निकाय र प्रशासनिक टोली पुगेर अवस्थाको निगरानी गरिरहेको छ भने थप क्षति हुन नदिन आवश्यक सतर्कता अपनाइएको जनाइएको छ।

प्रारम्भिक जानकारीअनुसार पुलको संरचनागत कमजोरी वा दीर्घकालीन मर्मत अभावका कारण यस्तो घटना भएको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे विस्तृत छानबिन सुरु गरिएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस