वीरगञ्जको पावर हाउस चोकमा रात्री बस दुर्घटना, सबै यात्रु सुरक्षित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २६, शनिबार (४ महिना अघि)
  • ११४ पटक पढिएको
वीरगञ्जको पावर हाउस चोकमा रात्री बस दुर्घटना, सबै यात्रु सुरक्षित

काठमाडौं, २६ वैशाख। काठमाडौँबाट वीरगञ्जका लागि छुटेको रात्री बस आज बिहान वीरगञ्जको पावर हाउस चोक मा दुर्घटनाग्रस्त भएको छ ।

सिकन्दर ट्राभल्स को बागमती प्रदेश ०१–००६ ख ९३५६ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौँबाट रात्रि सेवामा गुडेको उक्त बस गन्तव्यमा पुग्नै लाग्दा पावर हाउस चोक नजिक दुर्घटनामा परेको हो । दुर्घटनाको समयमा बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण खुल्न नसके पनि बसमा रहेका सबै यात्रु तथा चालक दलका सदस्यहरू सुरक्षित रहेको वडा प्रहरी कार्यालय श्रीपुर ले जनाएको छ ।.

बस अचानक पल्टिँदा यात्रुहरू केहीबेर त्रसित बनेका थिए । दुर्घटनालगत्तै स्थानीयवासी तथा सुरक्षाकर्मीको टोली उद्धारका लागि घटनास्थलमा पुगेको थियो ।

प्रहरीका अनुसार केही यात्रुलाई सामान्य चोटपटक लागे पनि कसैलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार मोड काट्ने क्रममा गति नियन्त्रण हुन नसक्दा वा चालकको थकानका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस