चट्याङ लागेर सिन्धुलीमा एकको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २७, आईतबार (६ घण्टा अघि)
  • ५१ पटक पढिएको
चट्याङ लागेर सिन्धुलीमा एकको मृत्यु

काठमाडौं, २७ वैशाख। सिन्धुलीमा शनिबार साँझ चट्याङ लागेर एकको मृत्यु भएको छ ।

सिन्धुलीको दुधौली नगरपालिका-४ पाखाभित्ता बस्ने वर्ष ७० को पूर्णबहादुर बुढाथोकीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

मकै बारीमा घाँस काट्न गएका बुढाथोकी  बोल्न नसक्ने गरी ढलिरहेको अवस्थामा फेला परेका थिए ।

इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरी टोलीले घाइते अवस्थामा उद्धार गरी उपचारको लागि नगर अस्पताल सिर्थौली पठाएकोमा अस्पतालको चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस