कैलालीको गोदावरीमा मेयरको गाडी दुर्घटना, अनुसन्धान सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २७, आईतबार (३ घण्टा अघि)
  • ४० पटक पढिएको
कैलालीको गोदावरीमा मेयरको गाडी दुर्घटना, अनुसन्धान सुरु

काठमाडौं, २७ वैशाख। कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले चलाएको सरकारी गाडी दुर्घटना भएको छ ।

शनिबार राति मोहनापुल अत्तरिया ६ लेन सडकखण्डस्थित धनगढी उपमहानगरपालिकाको गेटामा उनले चलाएको सुपप्र०१००१ झ ६०१ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी दुर्घटना भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रेशम आचार्यले दुर्घटनामा गाडीमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको बताए ।

उनका अनुसार गाडी प्रहरी चौकी कैलाली गाउँमा राखिएको छ । मेयर भट्ट भने सामान्य भएकोले तत्कालै आफन्तसँग घर गइसकेका छन् ।

मेयर भट्टले गाडी बुझ्न बिहानै प्रहरी चौकीमा चालक अनिल शाहलाई पठाएका थिए । तर, अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले तत्काल गाडी दिएको छैन ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक आचार्यले बताए ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस