जंगली च्याउ खाँदा चितवनमा एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ३, आईतबार (१९ घण्टा अघि)
  • ५५ पटक पढिएको
जंगली च्याउ खाँदा चितवनमा एक जनाको मृत्यु

काठमाडौं, ०३ जेठ। चितवनमा जंगली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । इच्छाकामना गाउँपालिका–१ कुलबाङगका दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नमुनाको जेठ १ गते मृत्यु भएको हो भने सञ्जयको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो ।

२९ वैशाखमा श्यामबहादुर चेपाङको पाँच जना परिवारले जंगली च्याउ खाएका थिए । जसमध्ये तीन जना १ जेठमा बिरामी परी उपचारका लागि भरतपुर अस्पताल ल्याइएको हो ।

उपचारका क्रममा नमुनाको मृत्यु भएको थियो । १३ वर्षीया मनिता चेपाङको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

बिरामी मनिताको अवस्था गम्भीर रहेको उनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस