लखिमपुर खिरीमा भीषण दुर्घटना : ट्रक–भ्यान ठोकिँदा , १० जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ४, सोमबार (१७ घण्टा अघि)
  • ४४ पटक पढिएको
लखिमपुर खिरीमा भीषण दुर्घटना : ट्रक–भ्यान ठोकिँदा , १० जनाको मृत्यु

काठमाडौं, ०४ जेठ। भारतको उत्तर प्रदेशमा पर्ने लखिमपुर खिरी जिल्लामा ट्रक र म्याजिक भ्यान ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।

लखिमपुर खिरीका जिल्लाधिकारी (डीएम) अञ्जनीकुमार सिंहले दुर्घटना सोमबार बिहान भएको बताएका छन् ।

उनका अनुसार लखिमपुरदेखि बहराइचतर्फ गइरहेको म्याजिक भ्यान विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको हो ।

‘धौरहरा कोतवाली क्षेत्रमा पर्ने भरेहटा गाउँ नजिकै बहराइचबाट आइरहेको ट्रकसँग भ्यान ठोक्किँदा दुर्घटना भयो,’ सिंहले भने, ‘दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।’ दुर्घटनामा परी मृत्यु हुनेमा तीन महिला रहेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस