पुलबाट गाडी खस्दा चालकको घटनास्थलमै मृत्यु, स्टेरिङमै शव भेटियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १७, आईतबार (३ महिना अघि)
  • १२५ पटक पढिएको
पुलबाट गाडी खस्दा चालकको घटनास्थलमै मृत्यु, स्टेरिङमै शव भेटियो

काठमाडौ, १७ जेठ। मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवास्थित कान्ति लोकपथमा पर्ने बागमती खोला पुलबाट शनिबार साँझ खसेको गाडीका चालक स्टेरिङमै मृत भेटिएका छन् ।

मकवानपुर र ललितपुर जोड्ने बागमती पुलबाट ना ६ ख ४०४२ नम्बरको टेलर गाडी शनिबार बेलुका खसेको थियो । सो गाडीका चालक हेटौंडा उपहानगरपालिका–३ बस्ने ३० वर्षीय दलबहादुर बर्ताैला स्टेरिङमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो गाडीलाई क्रेनको सहायताबाट खोला बाहिर निकालिएको छ ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बागमती हाइड्रोपावरको फलामे पाइप लोड गरेर मकवानपुरबाट काठमाडौं जाँदै गर्दा पाइप बाँधिएको टुचिन (बन्धन) चुडिएर गाडी अनियन्त्रित भई पुलबाट तल खोलामा खसेको थियो ।

गाडीमा चालक र सहचालक गरी दुई जना सवार थिए । सहचालक १७ वर्षीय प्रशन्न प्रजा हामफालेका थिए । उनी सकुशल रहेको र चालकको मृत्यु भएको डिएसपी काफ्लेले जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस