माछा मार्ने क्रममा करेन्ट लागेर कैलाली र रोल्पामा २ जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १९, मंगलबार (१ हप्ता अघि)
  • ३८ पटक पढिएको
माछा मार्ने क्रममा करेन्ट लागेर कैलाली र रोल्पामा २ जनाको मृत्यु

 काठमाडौ, १९ जेठ। कैलाली र रोल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।

कैलालीमा लम्कीचुहा नगरपालिका–६ बागमाराका २५ वर्षीय अर्जुन भुलको र रोल्पामा माडी गाउँपालिका–२ घर्तिगाउँका ३९ वर्षीय हरि बहादुर घर्तीमगरको करेन्ट लागेर मृत्यु भएको हो ।

भुललाई तराइला नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेको थियो । उनको भल्का अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी रोल्पाका घर्तीमगरको माडी गाउँपालिका–४ तार्केबाङस्थित स्याङखोलामा माछा मार्ने क्रममा करेन्ट लागेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस