रोल्पामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २१, बिहिबार (३ महिना अघि)
  • १०८ पटक पढिएको
रोल्पामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौ, २१ जेठ। रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठका अनुसार एक महिला र दुई पुरुषको मृत्यु भएको हो । ‘घटनास्थलमा गएको हाम्रो टोलीले एक महिला र दुई पुरुषको मृत्यु भएको जानकारी दिएको छ, उनीहरुको सनाखत हुन बाँकी छ,’ इन्सपेक्टर श्रेष्ठले अनलाइनखबरसँग भने, ‘गाडी नम्बर पनि खुलेको छैन ।’

उनका अनुसार पिकअप गाडी सडकबाट करिब ४–५ सय मिटर तल खसेको छ । गाडी दुर्घटनाको खबर प्रहरीले आज बिहान ९ बजेतिर पाएको थियो । इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली खटिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस