प्युठानमा बाढीले बगाएका दाजुभाइको शव फेला

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ३, बुधबार (१ दिन अघि)
  • ४५ पटक पढिएको
प्युठानमा बाढीले बगाएका दाजुभाइको शव फेला

प्युठान, ०३ असार। प्युठानको नौबहिनी गाउँपालिका–५ काँटेमा विद्यालयबाट घर फर्कने क्रममा भेलले बगाएका दाजुभाइ नै मृत फेला परेका छन् ।

मंगलबार दिउँसो आएको आकस्मिक भेलमा परेका स्थानीय मिलन खत्री र बिमल खत्रीको शव फेला परेको प्रहरीले जनाएको छ ।

जनता प्राथमिक विद्यालय, काँटेमा कक्षा १ मा अध्ययनरत बिमल खत्रीको शव घटनास्थल जोगीपँधेरामै भेटिएको छ । उनका दाइ, सोही विद्यालयमा कक्षा ३ मा अध्ययनरत मिलन खत्रीको शव घटनास्थलबाट करिब एक किलोमिटर तल खोलामा फेला परेको स्थानीयले बताएका छन् ।

भेलले बगाएको सूचना प्राप्त हुनासाथ स्थानीय बासिन्दा र प्रहरी संयुक्त रूपमा खोजी तथा उद्धारमा खटिएका थिए ।

विद्यालयबाट घर फर्किरहेका बेला वर्षापछि एक्कासि आएको बर्खे भेलमा उनीहरू परेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस