उदयपुरमा विद्यार्थी बोकेको बस दुर्घटनाग्रस्त, ३२ जना घाइते

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ६, शनिबार (३ घण्टा अघि)
  • ५० पटक पढिएको
उदयपुरमा विद्यार्थी बोकेको बस दुर्घटनाग्रस्त, ३२ जना घाइते

उदयपुर, ०६ असार। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।

बा.२ ख ६४३८ नम्बरको बस आज बिहान ९ बजे उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब २५ मिटर तल खसेको ट्राफिक प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरूलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीले दुर्घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको बताएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस