कतार विस्फोट : रास लाफानमा १२ भारतीय नागरिकको ज्यान गयो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ९, मंगलबार (६ घण्टा अघि)
  • २९ पटक पढिएको
कतार विस्फोट : रास लाफानमा १२ भारतीय नागरिकको ज्यान गयो

काठमाडौं, ०९ असार। कतारको एक फ्याक्ट्रीमा विष्फोट हुँदा १२ भारतीयसहित १३ जनाको मृत्यु भएको छ । रास लाफान इन्डस्ट्रियल सिटीमा अवस्थित फ्याक्ट्रीमा भएको विष्फोटमा परी १३ जनाको मृत्यु भएको हो ।

दोहास्थित भारतीय दूतावासले ‘एक्स’ मा पोस्ट गर्दै भनेको छ, ‘कतारका अधिकारीहरूले आइतबार राति रास लाफानमा भएको घटनामा १२ भारतीय नागरिकको दुःखद् मृत्यु भएको पुष्टि गरेका छन् ।’

दूतावासले कतारका अधिकारीको हवाला दिँदै घटनामा घाइते भएका सबैको स्थिति स्थिर रहेको र उपचार चलिरहेको पनि जनाएको छ । कतारमा आठ लाखभन्दा बढी भारतीय कामगार छन् ।

भारतीय दूतावासले घटनाबाट प्रभावित भारतीय नागरिक र उनीहरूका परिवारको सहयोगका लागि कतारका अधिकारीहरूसँग नियमित सम्पर्क भइरहेको बताएको छ । जसमा मृतकको शव चँँडोभन्दा चाँडो भारत पठाउने व्यवस्था सुनिश्चित गर्नु पनि रहेको दूतावासको भनाइ छ ।

यसअघि सोमवार ‘प्रेस ब्रिफिङ’ का क्रममा कतारका ऊर्जामन्त्री साद बिन श्रैदा अल–काबीले घटनामा भारतीय र पाकिस्तानी मूलका १३ जनाको मृत्यु भएको पुष्टि गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस