धनकुटामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन ४, आईतबार (२ घण्टा अघि)
  • ६३ पटक पढिएको
धनकुटामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

धनकुटा, ०४ असोज । धनकुटाको तांखुवाबाट धरान जाँदै गरेको जिप दुर्घटनामा परेको छ ।

को १ ज २४९४ नम्बरको जिप धनकुटाको छथर जोरपाटी गाउँपालिका-३ बञ्चरेमा अनियन्त्रित भई आइतबार बिहान दुर्घटना भएको हो ।

धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दुर्घटनामा परी १ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।

उनका अनुसार ११ जना सवार जिपमा अन्य केही घाइते भएको र दुर्घटनाको जानकारी पाउना साथ प्रहरी टोली घटनास्थल पुगेको छ । थप विवरण आउन बाँकी छ ।

सडक अफ्ठ्यारो भएका कारण अनियन्त्रित भएर जिप दुर्घटनामा परेको हुन सक्ने उनले बताए ।

जिप सडकभन्दा करिब १ सय मिटर तल खसेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस