कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ ६, शुक्रबार (३ साल अघि)
  • ३४ पटक पढिएको
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत

रौतहट,०६ माघ। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ ले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको १० औँ दिनमा शुक्रबार प्रदेशसभामा शर्माले विश्वासको मत प्राप्त गरेका हुन् ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा शर्माको पक्षमा २५ र विपक्षमा १४ मत खसेको थियो । नेकपा (माओवादी केन्द्र) को १३, नेकपा एमालेको ९, नेकपा एकीकृत समाजवादी र राप्रपाको १र१ र स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीको मत उनले प्राप्त गरेका हुन् । नेपाली कांग्रेसले भने विपक्षमा मतदान गरेको थियो ।

शर्माले यसअघि विश्वासको मत माग्दै कर्णालीको सामाजिक, आर्थिक सूचकाङ्कमा सुधार ल्याउनेदेखि ‘समृद्धि कर्णाली’ बनाउनेसम्मका प्रतिबद्धता व्यक्ति गरेका थिए । यस्तै उनले वार्षिक १० हजार जनालाई रोजगारीमा जोड्ने बताए । 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस