पत्रकार तथा लेखक सम्झना पौडेल राष्ट्रपतिबाट सम्मानित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ आश्विन ६, बिहिबार (३ साल अघि)
  • २४ पटक पढिएको
पत्रकार तथा लेखक सम्झना पौडेल राष्ट्रपतिबाट सम्मानित


कृष्ण तिवारी ।

२०७९,असोज ६

पत्रकार तथा लेखक सम्झना पौडेल राष्ट्रपतिबाट सम्मानित हुनुभएको छ । लामो समयदेखी विभिन्न सञ्चार माध्यममा आवद्ध भइ हाल प्रेस काउन्सिल नेपालमा मिडिया अनुगमनकर्ताको रूपमा कार्यरत पौडेललाई काउन्सिलले कर्मचारी प्रोत्साहान पुरस्कारको लागि सिफारिस गरेको थियो । मकवानपुरको गढी गाउँपालिकामा जन्मेर जिल्लाकै हेटौँडाबाट पत्रकारिता शुरु गर्नुभएकी पौडेललाई कलमको माध्यमले पत्रकारिता क्षेत्रमा पुरयाएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको हो ।

देशकै पत्रकारिता जगतको अविभावकीय संस्था काउन्सिलले आफूलाई प्रोत्साहन गर्नुले थप जिम्मेवारी बोध भएको उहाँले बताउनुभयो । “पुरस्कारले मेरो पत्रकारिता प्रतिको प्रेम, लगाव र मेहनतलाई शसक्त बनाएको छ, अझ जोश, जागरलाई कलम र आवाजको माध्यमबाट बुलन्द बनाउने प्रयास गर्नेछु,”–पौडेल । हेटौँडा एफएमबाट पत्रकारिता सुरूवात गरेकी पौडेलसँग टेलिभिजन, अनलाईन र पत्रिकामा काम गरेको भनुभव छ । राजनीतिशास्त्रमा मास्र्टस तथा कानुनमा स्नातक अध्ययन गर्नुभएकी पौडेलले समसामयिक विषयवस्तु, महिला तथा बालबालिका क्षेत्रमा विशेषत कलम चलाउने गर्नुभएको छ ।

यसअघि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल–पुननिर्माण र पुर्नस्थापना लेखनवृत्तिबाट स्वतन्त्र पत्रकार पौडेल २०७७ सालमा सम्मानित हुनुभएको थियो । यस्तै समाजवादी प्रेस संगठन नेपालका उपाध्यक्ष नवराज छतकुल्ली ,महासचिव भुपराज खडका , मधेश प्रदेशका उपाध्यक्ष प्रविण कुमार शर्मा ,सदस्य आनन्द श्रेष्ठ सहित प्रेस काउन्सिल नेपाल बाट सम्माननिय राष्ट्रपति विधादेवी भन्डारीको हातबाट सम्मान ग्रहण गर्नु भएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस