‘शिक्षकलाई राजनीतिक प्रचारमा नलाग्नू’– आयोगको निर्देशन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १२, मंगलबार (२ महिना अघि)
  • १४० पटक पढिएको
‘शिक्षकलाई राजनीतिक प्रचारमा नलाग्नू’– आयोगको निर्देशन

काठमाडौं, १२ फागुन। निर्वाचन आयोगले चुनावी प्रचारप्रसारलगायतका गतिविधिमा संलग्न हुने शिक्षण संस्थामा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई कडा कारबाही हुने चेतावनी दिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कुनै राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा उनीहरू सहभागी भएको उजुरी आएको उल्लेख गर्दै ती शिक्षक, प्राध्यापक र कर्मचारीलाई कानून बमोजिम कडा कारबाही हुने चेतावनी दिनुभएको हो ।

आयोगले निर्वाचन आचारसंहिता र कानूनी व्यवस्थामा उनीहरूको पदसम्म नरहने गरी कारबाही हुनेसम्मको व्यवस्था रहेकाले त्यस्ता खालका गतिविधिमा सहभागी नहुन शिक्षक, प्राध्यापकलाई सचेत गराएको छ ।

आयोगले निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने/गराउने काममा केन्द्रित हुन सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ ।

प्रवक्ता भट्टराईले निर्वाचन आचारसंहिताको पूर्ण पालनाको विषयमा जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा निर्वाचन कार्यालयबाट अनुगमन गर्नका लागि पुनः सचेत गराएको बताउनुभयो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस