संसद् सचिवालयका महासचिवलाई सर्वोच्चले सोध्यो चार प्रश्‍न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ मंसिर २१, बुधबार (३ साल अघि)
  • २६ पटक पढिएको
संसद् सचिवालयका महासचिवलाई सर्वोच्चले सोध्यो चार प्रश्‍न

काठमाडौं : सर्वोच्च अदालतले संघीय संसद सचिवालयका महासचिव भरतराज गौतलाई पत्र पठाएको छ। 

बुधबार सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठकले प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको निलम्बन फुकुवा भएको पत्र दिएका महासचिव गौतमलाई प्रतिवेदन उपरको कारबाहीको निरन्तरता अहिले कायम छ वा छैन भन्दै प्रश्न सोधेको छ। 

‘२०७८ फागुन १ मा दर्ता भएको महाअभियोग प्रस्तावका सम्बन्धमा महाअभियोग सिफारिस समितिबाट प्रतिनिधिसभामा पेश भएको भनिएको प्रतिवेदन उपरको कारबाहीको निरन्तरता अहिले कायम छ वा छैन ?’ पत्रमा भनिएको छ, ‘नयाँ प्रतिनिधिसभामा सो प्रस्ताव पेश हुन्छ वा हुन्न? महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधिसभाको कार्यकाल सम्माप्त भएको मितिले निष्प्रभावी भएको हो ? वा निर्वाचनको मितिले ? नवनिर्वाचित प्रतिनिधिसभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानुनी व्यवस्थाको आधारमा महासचिवले महाअभियोग निष्प्रभावी भएको भनि उल्लेख गर्नु भएको हो ?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस