सप्तरीमा आगलागी हुँदा लाखाैँकाे क्षति

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ ६, शुक्रबार (३ साल अघि)
  • ३१ पटक पढिएको
सप्तरीमा आगलागी हुँदा लाखाैँकाे क्षति

रौतहट,०६ माघ । सप्तरीको दुई छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा लाखाैँकाे क्षति भएकाे छ ।

रुपनी गाउँपालिका र तिरहुत गाउँपालिकामा आगलागी हुँदा ९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएकाे हाे। आगलागीबाट दुई वटा घर जलेर नष्ट भएका छन् भने १३ वटा पशु चौपाया मरेका प्रहरीले जनाएकाे छ।

आज बिहान तिरहुत गाउँपालिका–४ डिमनका हरेराम यादवको घर नजिकै सल्केको आगोले हरेरामका छिमेकी तेजनारायण यादव र ओम नारायण यादवको घर जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयाे । आगलागीमा हरेरामको गोठमा रहेका दुई वटा खसी, दुईवटा पाडी र एउटा बाख्रा मरेका छन् ।

राजविराज, हनुमाननगर र कञ्चनरुप नगरपालिकाको दमकल, स्थानीय र सुरक्षाकर्मीको प्रयासमा आज बिहान पौने चार बजे आगाे निभाइएकाे हाे । आगलागीबाट घर, पशु चौपाया, लत्ताकपडा र अन्य सरसामान जलेर नष्ट भएकाे छ ।

यस्तै, सप्तरीको रुपनी गाउँपालिका-१ मा आगलागी भएको छ । स्थानीय मैयादी मियाँको गोठ नजिकबाट सुरु भएको आगलागीले उहाँको चारवटा खसी र चारवटा बाख्रा जलेका छन् । शम्भुनाथ नगरपालिकाको दमकल, स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो निभाइएकाे प्रहरीले जनाएकाे छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस