हुम्लामा नुन अभाव गम्भीर, काेटा बढाइदिन माग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ३, मंगलबार (१ महिना अघि)
  • १३३ पटक पढिएको
हुम्लामा नुन अभाव गम्भीर, काेटा बढाइदिन माग

काठमाडौँ, ०३ चैत। हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका छन् । जिल्लाका ताँजाकोट, अदानचुली, सर्केगाड र चंखेली गाउँपालिकामा सीमित मात्रामा मात्रै सरकारको ढुवानी सहुलियतमा नुन पुग्ने गरेको र त्यो नुन वर्षभरि नपुग्ने गुनासो आएको छ ।

ती चार गाउँपालिकामा ३२ हजार ३३२ जनसंख्या छ । जहाँ वर्षमा एक पटकमात्रै नुन आपूर्ति हुने गरेको स्थानीयको गुनासो छ ।

जिल्ला सदरमुकाम सिमकोटमा मंगलबार सरोकारवाला निकाय, राजनीति दल, जनप्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजसहितको सर्वपक्षीय बैठक बसेर जिल्लामा आपूर्ति भइरहेको नुन पर्याप्त नभएको निष्कर्ष निकालेको छ । बैठकले आउने वर्षका लागि थप एक हजार ५०० क्विन्टल नुन माग गर्ने निर्णय गरेको छ ।

यहाँ सहुलियतमा नुन वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले हालसम्म सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा एक  हजार ५२९ क्विन्टल र नाम्खा गाउँपालिकामा ६३० क्विन्टल सहुलियत कोटाको नुन वितरण गर्दै आएको जनाएको छ ।

साल्ट ट्रेडिङ हुम्ला शाखाका प्रमुख राजबहादुर लामाले जनाएअनुसार सर्केगाड र चंखेली गाउँपालिकामा एक हजार ७९ क्विन्टल र अदानचुली गाउँपालिका र ताजाकोट गाउँपालिकामा एक हजार ७९ क्विन्टल नुनको कोटा छ ।

तर, त्यो नुन पर्याप्त नभएको गुनासो बारम्बार आउने गरेको शाखा प्रमुख लामाले बताए । अहिले नुन अभाव हुन थालेपछि थप नुनको माग भएको जानकारी दिए ।

लामाका अनुसार पहिले जिल्लाभर ४ हजार ३१९ क्विन्टल नुनको आपूर्ति भइरहेको थियो । नयाँ थप माग भएको मात्राले ६ हजार १३० क्विन्टल सहुलियतको नुन हुम्लालाई चाहिने देखिएको उनले बताए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस