सम्वाददाता
माघ ०२,एजेन्सि
12th फेलकी अभिनेत्री मेधा शंकरले यो फिल्मबाट धेरै तारिफ पाएकी छिन् । उनको चरित्रमा देखाइएको शालीनतालाई जनताले मन पराएका छन् । ओटीटीमा फिल्म रिलिज भएपछि मेधा शंकर सामाजिक सञ्जालमा रातारात लोकप्रिय भइन् । हालैको एक अन्तर्वार्तामा मेधाले आफू रणवीर कपुरसँग काम गर्न चाहेको बताइन् ।
मेधाले 12th फेलमा श्रद्धाको भूमिका निभाएकी छिन् । आजकल उनलाई राष्ट्रिय क्रसको रुपमा हेरिएको छ । बलिउड हंगामासँगको कुराकानीमा मेधा शंकरलाई कुन बलिउड अभिनेतासँग काम गर्न मन छ भनेर सोधियो थियो । उनले तुरुन्तै रणवीर कपूरको नाम लिएकी थिइन्।
यसबाहेक अभिनयमा करियर बनाउन कसरी आफ्नो बुवालाई मनाउनुप¥यो भन्ने पनि अभिनेत्रीले खुलाइन् । मध्यमवर्गीय परिवारबाट आएकी उनको अभिनेत्री बन्ने सोचले बुबालाई ठुलो धक्का लागेको बताइन् । मेधाले भनिन्, ‘जब मैले यसबारे बुबासँग पहिलो पटक
कुरा गरेँ, उहाँले मलाई सोध्नुभयो – के तिम्रो दिमाग हरायो ?’ अभिनेत्रीले भनिन्, ‘अभिनय पढाइमा राम्रो गर्न नसक्ने मानिसहरूको लागि हो भन्ने बुबालाई लाग्थ्यो ।‘ तर, मेधाले पढाइमा स्नातकोत्तर गरेकी थिइन् ।
जसका कारण उनले बुवासँग अभिनय गर्न २ वर्षको समय मागेका थिए । तर ती दुई वर्षमा केही राम्रो भएन । यता मेधाका बुवाले उनलाई अर्कै काम गर्न आग्रह गरिरहेका थिए ।
मेधाले फेरि बुवासँग दुई वर्षको समय मागिन् । यसपटक भने उनले मुम्बई आएर आफ्नो सपना पूरा गर्ने विश्वास लिएकी थिइन् । ’12thफेल’ अब IMDB मा अहिलेसम्मको सबैभन्दा उच्च मूल्याङ्कन भएको भारतीय फिल्म बनेको छ। यसले शाहरुख खानको ’डिकी’, ’ओएमजी–२’, ’जवान’, ’पठान’ र रणवीर कपूर–बबी देओलको ’एनिमल’लाई पनि पछाडि छोडेको छ।
अभिनेता द्वय अनुप विक्रम शाही र उत्तम प्रधानको प्रमुख अभिनय रहने नेपाली चलचित्र ’म्याउँ’ बन्ने भएको छ । माघे सक्रान्तिको अवसर पार्दै यसको प्रथम भाग घोषणा गरिएको छ । अनुपको लागि महत्त्वाकाङ्क्षी तथा उत्तमको कम ब्याक रहने यो चलचित्रलाई लेखन, निर्देशन तथा निर्माण जय राज रायको रहनेछ । जय मिडिया म्यानेजमेन्टको प्रस्तुतिमा बन्ने यस चलचित्रमा प्रमुख भूमिकाको लागि अभिनेत्रीको भने टुङ्गो नलागेको निर्देशक रायले बताए ।
मानसिक रूपमा विक्षिप्त अवस्थाको ’साइको किलर’, जसको आफ्नै समस्याग्रस्त अतीत छ । उसले समाजमा देखाउने आफ्नो उपस्थिति र त्यसबाट उत्पन्न हुने परिस्थितिको कथामा यो चलचित्र बन्न लागेको रायले बताए ।