वर्तमानकाल सम्वाददाता
फाल्गुन १८ गते ।
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले पहिलो जित हात पारेको छ । नेपालले नामिबियालाई ३ रनले
हरायो ।नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रनमात्र बनाउन सक्यो । नामिबियाका कप्तान जेजे स्मिटले ५० रन बनाए । नेपालका करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनायो । नेपालका कुशल मल्लले अर्धशतक बनाए । मल्लले ३७ बलमा नट आउट ५५ रन बनाए । नामिबियाका बेन शिकोङ्गोले ३ विकेट लिए ।
अब नेपालले भोलि नेदरल्यान्ड्ससँग र पर्सि नामियिा र नेदरल्यान्ड्स खेल्नेछन् । शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । यस्तै अस्तिको खेलमा नेपाल नेदरल्यान्ड्सँग २ रनले हारेको थियो । नेदरल्यान्ड्स २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपाल २ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । नामिबिया २ अङ्क भए पनि नेट
रन रेटका आधारमा तेस्रो स्थानमा छ ।
त्यसतै विश्वकप छनोट ः बहराइनसँगको खेलका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा
फिफा विश्वकप २०२६ एसियाली छनोटअन्तर्गत बहराइनसँगको दुई वटा खेलका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ ।राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनिसले ३३ सदस्यीय टोलीको घोषणा गरेका छन् । नेपालले बहराइनसँग चैत ८ र चैत १३ गते खेल्दैछ ।प्रारम्भिक टोलीको गोलकिपरमा अभिषेक बराल, विशाल सुनार, दीप कार्की र किरण चेम्जोङ रहेका छन् ।
यस्तै डिफेन्डरमा अजय चौधरी, अनन्त तामाङ, अञ्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र विक, रोहित चन्द, सनिश श्रेष्ठ, सुमित श्रेष्ठ र योगेश गुरुङ परेका छन् ।मिडफिल्डरमा एरिक विष्ट, विशाल तामाङ, कृतिशरत्न छुन्जु, लकेन लिम्बु, मनीकुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरज ज्यु ठकुरी र उत्सव राई छन् ।फरवार्डमा अञ्जन विष्ट, आयुष घलान, दिनेश हेन्जन, जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, राजेश परियार, समीर तामाङ र सन्जीव विष्ट प्रारम्भिक टोलीमा परेका छन् ।