रमेश कुमार यादब
बैशाख ०३, रौतहट
रौतहतमा आज सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ सम्पन्न गरेको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज सोमबार बिहान रौतहट स्थित रहेका जलाशयहरुमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गरिएको थियो । तराई मधेशको सबैभन्दा ठूलो तथा महान पर्वको रुपमा छठ व्रतलाई मान्ने गरिन्छ । छठ पर्व रौतहट सहित तराईकै सबैभन्दा ठूलो चाड भएपनि मधेश प्रदेश सरकारले यो पर्व मनाउन सार्वजनिक विदा दिएको छैन ।
छठ व्रत मान्ने व्रतालुहरुले रौतहटको बृन्दावन नगरपालिकाको बाबा बिश्वम्भरनाथ मन्दिरको पोखरी, धनगढीको चाँदीखोला ,
हरैयाका ब्रतालुहरु बागमति नदि लगायतका छठीघाटमा कतिपय जाग्राम बसेर भजन(कीर्तन गरेका थिए । ब्रतालुले भरिभराउ छठीघाटहरुबाट अहिले झक्तजनहरु आ आफ्नो घर फर्किएका थिए । प्रायः सबै छठीघाटमा छठी माताको गीत साउण्ड बक्समा ठूला आवाजमा घन्की रहेको थियो । व्रतालुहरू ले बिरा (माटोको दियो बालेर) जलायशयमा बगाएका थिए । कात्तिक महिनामा मनाइने छठ व्रतभन्दा चैती छठमा श्रद्धालु भक्तजनको संख्या कम देखिएपनि अन्य जिल्लाको तुलनामा रौतहटमा चैती छठ गर्नेहरुको संख्या बढी देखिएको थियो ।
छठ पूजा गर्न बृन्दावन नगरपालिकाको स्थित बाबा बिश्वम्भरनाथ मन्दिरको पोखरीको घाटमा आइपुगेकी व्रतालु ५५ वर्षीया रिता देवी यादबले चैतमा पनि छठ व्रत बस्दा कुनै कठिनाइ नभएको बताउँछिन् । उनी ३० वर्ष देखी चैती छठ व्रतलाई निरन्तरता दिँदै आएको छिन् । ‘यो व्रत बस्दा भोक प्यास लागेको अनुभूति हुँदैन,’ उनले भनिन्, ‘छठी माताको कृपाले भोक प्यास सबै हराएर जान्छ ।’
सन्तान सुखको प्राप्तिको लागि खासगरी विवाहित महिलाले यो व्रत बस्ने गरेको उनले जानकारी दिइन् ।।
पर्वको मुख्य दिन आईतबार निराहार ब्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने विधि ‘सझुका(अरख’ सम्पन्न गरेको छ । आज सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएर पर्वलाई समापन गरेको छ ।यसअघि व्रतालुले पर्वको पहिलो दिन गएको ‘नहाय(खाय’, दोश्रो दिन शनिबार दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खीरमात्र खाएर ‘खरना’ विधि सम्पन्न गरेको थियो ।
शरद र बसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने यो छठ पर्वलाई छैठी पर्व भन्ने गरिन्छ ।शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र बसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । रौतहटको बृन्दावन, गरुडा, गुजरा, गौर, राजदेवी लगायत जिल्लाको अधिकाश पालिकामा चैती छठ पनि धुमधामका साथ मनाईएको स्रोतले जनाएको हो ।