रमेश कुमार यादब
बैशाख ११, रौतहट
रौतहट जिल्लाको बृन्दावन नगरपालिकालाई सोमबार एक समारोहका बिच पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । ’स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो । पालिकाभित्रका बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि बृन्दावन नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख रास नारायण पटेलले बताएका हुन् ।
कार्यक्रमको वारेमा प्रकाश पार्दै पटेलले खोपको आवश्यकता किन रहेको र खोप लगाउनाले बालबालिकालाई विभिन्न रोग
प्रतिरोधात्मक शक्ति प्रदान गरिने बताएका थिए । बृन्दावन नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको उक्त कार्यक्रममा सभाअध्यक्षको रुपमा नगरपालिका प्रमुख बिनोद प्रसाद कुर्मिलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रौतहटको प्रमुख तथा खोप समन्वय समितिका संयोजक रामअयोध्या राय यादबले पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र हस्तान्तरणसंगै पालिका पुर्ण खोप घोषणा गर्नु भएको थियो ।
कार्यक्रमको सम्बोधन गर्दै सभापती उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेलले शिक्षा र स्वास्थ्यको महत्व सबैले बुझ्नु पर्ने जरुरी रहेको बताए ।कार्यक्रममा बृन्दावन नगरपालिकाको वार्ड नं.२ का वडाअध्यक्ष सिकिन्द्र राउत कुर्मि, ५ नम्बरका वडाअध्क्ष फेकु दास, जिल्ला समन्यवन समितिका उपाअध्यक्ष महेश बैठा, सहितका विभिन्न वक्ताहरु खोप लगाउने बालबालिकालाई भविष्यमा विभिन्न किसिमका रोगहरुसंग लड्ने क्षमता प्रदान गर्ने भएकोले खोपबाट कोहि पनि छुट्नु हुदैन भने तर्क गरेका थिए ।
कार्यक्रमलाई समापन गर्दै नगरपालिकाको नगर प्रमुख बिनोद प्रसाद कुर्मिले सबभन्दा पहिला अहोरात्री खटी पालिकालाई पुर्ण खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले.खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो । त्यस्तै शिक्षाको प्रति सबैलाई जागरुक हुनु पर्ने धारणा राख्दै शिक्षित भए स्वास्थ्य प्रति समेत जागरुकता आउने तथा सबैजना मिलेर आफ्नो पालिकालाई शिक्षित र स्वस्थ बनाउन भुमिका निर्वाह गर्नु पर्ने बताएका थिए ।
सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको नगर प्रमुख कुर्मिले बताउनु भयो । नगर प्रमुख कुर्मिले भने “राष्ट्रिय खोप तालिका अनुसार नगरका ९ वटै वडाका खोप लगाउने सबै उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा
गरिएको बताउनु भयो ।
“ सोहि कार्यक्रम मार्फत नगर प्रमुख कुर्मिले अहोरात्रि आफ्नो ज्युज्यानको प्रवाह नगरि खटिने नगरका सम्पुर्ण महिला स्वयम् सेविकाहरुलाई अझै हौसला बढाउने उदेश्यले एक हप्ता भित्र सम्माण पत्र सहित छाता, हाते टर्च लाईट र ब्याग बितरण गरिने घोषणा समेत गर्नु भएको थियो । कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय गौरका प्रमुख बिपिन कुमार साह, डबलु एचओको प्रतिनिधि आशा चौधरी, कार्यपालिका सदस्यहरु सहित स्वास्थकर्मी, महिला स्वास्थ्य स्वयंसेवीकाहरु, कर्मचारीहरु, पत्रकार, स्थानीय भद्रभलादमीहरुको उपस्थितिमा बृन्दावन नगरपालिकालाई हस्ताक्षर सहित पुर्ण खोप घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख रास नरायण पटेलले बताउनु भयो ।
हालसम्म रौतहटमा १६ वटा नगरपालिका र २ वटा गाउँपालिका गरि जम्मा १८ वटा पालिकामध्ये अहिलेसम्म १३ वटा पालिका पुर्ण खोप सुनिश्चित घोषणा भईसकेको र बाँकी रहेको ५ पालिका बैशाख मसान्त सम्म घोषणा गरिने जिल्ला स्वास्थ्य कार्यालय गौरका प्रमुख बिपिन साहले जानकारी दिनु भएको थियो ।