रमेश कुमार यादब
जेठ २१ ,रौतहट
रौतहट जिल्लाको नव निर्वाचित नगर प्रमुख जैसवाल एक्सनमा आएको छ ।जिल्लाको मध्यभागमा अवस्थित रहेको गरुडा नगरपालिकाका नगर प्रमुख (मेयर)कन्थमनि प्रसाद जैसवाल फोहर ब्यबस्थापन गर्नमा अग्रसर देखिएका छन । शपथ ग्रहण गरि पदभार सम्हाले पछि चुनाव प्रचारको भन्दा पनि निकै बढी सक्रिय देखिएका गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल शुक्रबार ईलाका प्रहरी कार्यालय गरुडा भन्दा १०० मिटर उतरपटीमा गरुडालाई नै दुषित बनाउने गरी राखेको फोहरलाई ब्यबस्थापन गर्न छडके अनुगमन गरेका थिए । ईलाका प्रहरी कार्यालय गरुडा भन्दा सय मिटर उतरपटी चपुर–गौर रोड सडक छेउमा गरुडा नगरभरिमा फोहर फ्याकिएको छताछुल्ल हेर्न देखिन्छ । फोहोर व्यवस्थापन गर्न नसक्दा गरुडा नगरपालिका नमुना नगरपालिका रहेकोको भन्ने कुरा गफ मात्रै रहेको स्थानीयले टिप्पणी गरेका थिए । नगरपालिकाले यसरी नगर भरिकै सडेगलेका कुहिने वस्तुहरु,बजारमा फालिएको तरकारीको बोक्राहरु,प्लाष्टिकका खोलहरु, पेय पर्दाथका खाली बोतलहरु, पानीका प्लाष्टिकका बोतलहरु, रक्सी तथा वियरका बोतलहरु र अन्य फोहोर जन्य वस्तुहरु साथै गरुडामा रहेको बिभिन्न अस्पतालबाट निस्किएका सियो ,निडल र स्लाईनका बोतलहरु त्यस ठाउँमा ल्याएर फालिदिएको कारण फोहोरको सही व्यवस्थापन हुन नसकेर त्यस वरीपरीका वातावरण प्रदुषित भइरहेको धेरै मिडिया अर्थात संचारमाध्यममा प्रकाशित भएको थियो ।त्यहाँको फोहोरको व्यवस्थापन नगर्दा त्यस क्षेत्रको सुन्दरतामा मात्र नभई त्यस क्षेत्रमा बसोबास गरिरहेको मानिसमा पनि असर गर्ने सम्भावना बढी रहेको छ ।यति मात्र न भई फोहोरको गन्हाईले त्यहाँबाट आवत जावत गर्ने यात्रुलाई समेत कठिनाइ भइरहेको भन्दै त्यहाँका स्थानीयले चिन्ता व्यक्त गर्दा पनि पाँच सालमा गरुडाका पुर्व मेयर ईन्नु राय यादबले केहि ब्यबस्थापन गर्न नसकेको थियो ।तर गत २०७९ बैशाख ३० मा सम्पन भएको स्थानिय तहको चुनावमा निर्वाचित भएका मेयर कन्थमनि प्रसाद जैसवालले सो फोहोर ब्यबस्थापन सम्बन्धि मध्यनजर गर्दै त्यो डम्पिङ्ग साईडमा रहेको फोहोरलाई अन्य ठाउँमा राख्न अनुगमन गरेका थिए । अनुगमन क्रममा त्यहा रहेको केहि फोहोरहरुलाई उठाई अन्य ठाउँमा राखिएको थियो भने बाँकी फोहोरलाई केहि दिनमै हटाउने बताए । मेयर जैसवालले भने कि आफूले सहज रूपमा काम गर्न पाए एक साताभित्रै गरुडा नगरपालिकालाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता उनले व्यक्त गरे । फोहोर विसर्जनस्थलको अनुगमनका क्रममा स्थानीयको गुनासो सुनिसकेपछि उनले दुर्गन्ध हटाउने उपायबारे आफूले विज्ञहरूसँग आवश्यक छलफलसमेत गरेको बताए । मेयर जैसवालले नगरभरिका अब्यबस्थित फोहोरहरुलाई शिवनगरको झाँझ भनिने पुल नजिकै रहेको खाली ठाउँमा राख्ने भनि छलफल भईरहेको पनि बताए । उनले सड्ने र नसड्ने फोहोर छुट्याउन गरुडा नगरपालिकामा जनचेतना फैलाउने अभियान थाल्ने नगर प्रमुख जैसवालले जानकारी पनि दिए ।