विश्व वातावरण दिवसमा महेन्द्र भवन माध्यमिक विद्यालयका विद्यार्थीले वृक्षारोपण गरेका छन् । प्रभातफेरी पश्चात् विद्यार्थीहरूले विद्यालय प्राङ्गणभित्र वृक्षारोपण गरेका हुन्। “विद्यार्थीहरूलाई वातावरण प्रति सजग बनाउनको लागि यो सन्देश दिन खोजिएको हो। बिग्रँदो वातावरणीय अवस्था र यसले गर्दा उत्पन्न चुनौती को सामना गर्न र जागरूक बनाउन यो कार्यक्रमको आयोजना गरेका हौँ, ” प्रधानाध्यापक पुष्पा बस्नेतले रातोपाटीलाई बताए। सो अवसरमा करिब १०० वटा विरूवा रोपिएका छन् ।