राैशन चाैधरी । जेठ २२ गते ।
रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालले बिधालयको छडके चेकजाँच र अनुगमन गर्नु भएका छन । नगर प्रमुख जैसवालले श्री जनता मा.बि कटहरिया मेयर जैसवालले आफ्नो टोली सहित अनुगमन गरेका थिए । बिधालयको ब्यापक जनगुनासो आएपछि मेयर जैसवालले आइृतबार एक्कासि अनुगमन गर्नु भएको थियो ।अनुगमनको क्रममा बिधालयमा सरसफाईमा कमि देखिएको थियो ।बिधालयमा शिक्षकहरुको अनुपस्थितको कारण पढन पाढनमा पनि असर परेको देखिएको थियो । साथै कटहरियाको श्री जनता मा.बिमा कक्षा १२ को परिक्षामा परिक्षा दिईरहेको बिधार्थीको पनि अनुगमन गरेका थिए ।नगर प्रमुख जैसवालले बिधार्थीहरुसंग बिधालयको बारेमा जानकारी लिएका थिए । बिधार्थीहरुले बिधालयको बारेमा जनगुनासो समेत गरेका थिए । शिक्षकहरु समयमा बिधालयमा नआउदा पठनपाठनमा समेत कमजोरी भएको बिधार्थीले गुनासो समेत गरेका थिए । नेपाल सरकारले कक्षा पाँच सममका बिधार्थीहरुलाई दिवा खाजा दिए पनि कटहरिया बिधालयमा पुर्वमेयर सियाराम कुश्वाहाले रोकेर खाजा नदिएको गुनासो समेत स्थानियहरुले गर्दै आईरहेको थियो । सो कुराहरुको मध्यनजर गर्दै नव निर्वाचित नगर प्रमुख जैसवाल ले सो बिधालयमा गई जानकारी लिएका थिए । साथै बिधालयमा रहेका पुस्तकालय ,बिज्ञान प्रयोगशाला ,प्राबिधिक प्रयोगशाला ,कम्पयुटर प्रयोगशालाहरुको अनुगमन समेत गरेका थिए ।अनुगमनका क्रममा सो स्थान रहेका प्रयोगशालाहरुको अवस्था पनि निकै नै दैनिय रहेको पाईएको थियो ।सम्पुर्ण समाग्री हुँदा हुँदै पनि दक्ष शिक्षक शिक्षीकाहरुको कमिका कारण प्रयोगमा नआएको देखिएको मेयर जैसवालले बताए । साथै मेयर जैसवालले चुनाव जित्नु भन्दा अघि आफ्नो घोषणा पत्रमा १ देखि १० कक्षासम्म अङग्रेजी माध्यमा पढाउन भनेका थिए । चुनावमा निर्वाचित हुँदा पदभार ग्रहण गर्ने समयमा पनि उहाँले १ देखि १० कक्षासम्म पढाउने घोषणालाई प्राथमिकतामा राखि बिधालयका प्रधानाध्यापक याेगेन्द्र कुशवाहा र शिक्षकहरु छलफल पनि गरेका थिए । अवको केहि दिनमा नै अङग्रेजी माध्यमा पढाई लागु गरिने बताए । साथै बिधालयमा शिक्षकहरुको अनुपस्थितीहरुको बारेमा जानकारी लिएका थिए ।अनुपस्थित हुँदा जानकारी गराई बिदा लिन निर्देशन समेत दिएका थिए ।समयमा नआउने शिक्षकहरुलाई कानुन बमोजिम कार्यबाहि हुने निर्देशन समेत दिएका थिए ।छडके अनुगमनमा रौतहटको कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवाल र साथमा नगर कार्यपालिका सदस्य मनोज कुमार जयसवाल, शिक्षा स–संयोजक, सुरेन्द्र ठाकुर ,अजय कुशवाहा, श्याम कुशवाहा ,सहितको उपस्तिथि रहेको थियो ।