सर्लाही जिल्लामा एउटा प्रादेशिक असपतालसहित सैकडौं निजी क्लिनिक तथा स्वास्थ्य केन्द्रहरु संचालनमा रहेपनि एउटा एक्स–रे , सिटी सक्यान र एम.आई.आर जस्ता जाँच गराउन जिल्ला बाहिर बीरगञ्ज, जनकपुरधाम लगायतका सहरहरुमा जानुपर्ने बाध्यता रहँदै आएको छ ।
मधेश प्रदेशको सर्लाही जिल्ला केन्द्रीय स्तरका नेता र मन्त्रीहरूको लागि प्रख्यात जिल्ला हो । जुनसुकै पार्टीको सरकार बनेपनि यस जिल्लाबाट मन्त्री नभएको सरकार छैन । तरपनि जिल्लावासीहरूलाई सानो सुविधा समेत उपलब्ध नभएपछि यहाँका जनताहरु निरास भएका छन् । यस जिल्लाबाट पटक– पटक दर्जनौ ब्यक्ति मन्त्री बनेपनि जनताको आधारभूत आवश्यकता पूरा नभएपछि सर्लाहीका जनताहरु समस्या भोग्न बाध्य भएका छन् । जम्मा ५ हजार रुपैयाँमा गर्न मिल्ने सिटी स्केन र एम.आई.आर का लागि जिल्ला बाहिर अथवा भारतको विभिन्न ठूला सहरमा जानुपर्दा सर्वसाधारण नागरिकहरुलाई ५ हजारको ठाउँमा ५० हजार वा सो भन्दा बढी आर्थिक भार खेप्नु परेको छ । हुने खाने र धनी ब्यक्तिलाई समस्या नभएपनि गरिब, विपन्न , र निमुखा जनताहरूलाई एक्स–रे गराउनका लागि बाहिर जानु पर्दा ठुलो आर्थिक भार थपिएको सर्वसाधारण मानिसहरूले गुनासो गरेका छन्