राैशन चाैधरी । जेठ २४ गते
राैतहट जिल्लामा रहेकाे नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रले साेमवारका दिन २३ जना विद्युत् चुहावटकर्तालाई पक्राउ गरेको छ ।
करिब महिनौँ देखि जिल्लाको स्थित विद्युत् चोरी गर्दै आएका र उनिहरूलाई बिशेष सुचनाकाे अधारमा २३ जनालाई बौधीमाइ,मौलापुर नगरपालिका बाट पक्राउ गरेको नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रका प्रमुख संदिप कुमार दासले बताए । सोमबार राति मौलापुर वितरण केन्द्र अन्तर्गत बौधा,सोनरनिया, पथराबुधराम, सरमुजवा,बंकुल कोपवा सहितको ठाउँ बाट ती चोरहरुले चाेरिगरिरहेकाे अवस्थामा पक्राउर गरेकाे थियो ।
प्राधिकरणले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा २३ जनालाई पक्राउ गर्न सफल भएको कार्यालय प्रमुख दासले बताए । उनीहरुको घरबाट पानी तान्ने ३ मोटर, १ एमलिफायर र विभिन्न विद्युतीय सामग्री पनि नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका सबै जनासँग २ लाख १० हजार जरिवानासमेत लिइ छोडिएको नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रले जनाएको
छ ।
मौलापुर वितरण केन्द्र अन्तर्गत विद्युतको सप्लाई मागबमोजिम नै गरिरहेका बेला पनि उचित भोल्टेज नपुगेको तथा सर्वसाधारणलाई निकै समस्या भएको गुनासो आएपछि विद्युत् चोरहरूलाई समातिएको थिए ।