रमेश यादव ।
जेठ २६ ,रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिकले पहिलो बैठकमा नै गरुडा नगरपालिकाका कार्यपालिका बोर्डले बुधबारका दिन नगरपालिकाका सभाहलमा बसेको बैठकले एउटा एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले पुर्व घोषणा गरे अनुसार र निर्वाचित भए पछि गरेको बाचा अनुसार बोर्डको पहिलो बैठकमा नै बहुमतले एम्बुलेन्स खरिद गर्ने नियर्ण पारित गरेको छ । मेयर जैसवालले गत बैशाख १८ गते पार्टी कार्यालयमा पत्रकार सम्मेलन मार्फत पाँच सालमा पाँच ओटा महत्वपुर्ण कार्य जुन समाजलाई भलो हुने भनि पाँच ओटा घोषणा मध्ये एम्बुलेन्स खरिद गर्ने एक महत्वपुर्ण घोषण गरेको थियो ।
गरुडा नगरपालिका एम्बुलेन्स नहुँदा यस नगरका गर्भवति देखि सर्वसाधारण मानिसहरु बिरामि पर्दा उपचार गराउनमा निकै नै कठिनाई भईरहेको मध्य नजर गर्दै नगर प्रमुख जैसवाल एम्बुलेन्स खरिद गर्ने निणर्य गरेको छ । नगरमा एम्बुलेन्सको कमिले नगरका कुनै पनि गरिब ,दिन ,दुखि ,असाहाय तथा गर्भवति महिलाहरुलाई अस्पताल सम्म पुर्याउन असहज नहोस भनि उदेश्यले नगरपालिकामा आवश्यकता रहेको र किन्ने नियर्ण गरेको मेयर जैसवालले बताए ।
गरुडा नगरपालिकाका पुर्व मेयर ईन्नु राय यादबले गर्न नसक्ने कामहरुलाई गत बैशाख ३० गतेको स्थानिय तहको चुनावमा निर्वाचित भएका मेयर कन्थमनि प्रसाद जैसवालले समाजका लागी भलो हुने कार्यलाई निरन्तरता दिएको बताए । साथै नगरपालिकाको मातहातमा रहेको अस्पतालहरुलाई छडके चेकजाँच तथा अनुगमनमा पनि तिब्रता दिएको पाईएको छ ।
मेयर जैसवालले नगरपालिका भित्र रहेको सम्पुर्ण सरकारी अस्पतालहरुलाई स्वच्छ सफा सुन्दर र गएल चिकितस्कहरुलाई नियमित डिउटी गर्न निर्देशन समेत दिएका थिए ।। सरकारी अस्पतालबाट पाउने पर्ने औषधिहरु सेवाग्राहीलाई प्रदान गर्न निर्देशन समेत दिएका छन । सरकारी अस्पतालमा कुनै प्रकारका औषधि कमि हुँदा नगरपालिकामा सिधा सम्पर्क गर्न मेयर कन्थमनि प्रसाद जैसवालले निर्देशन समेत दिए ।