जनकपुरधाम । जनकपुरधाममा बालक हत्याको एक साता बित्नै लागे पनि प्रहरीले कुनै प्रमाण जुटाउन सकेका छैन् ।
शुक्रबारसम्म प्रहरीलाई बालक राँकी बरही हत्या बारे कुनै रहस्य पनि फेला पार्न सकेका छैन् । जेठ १७ गते बेपत्ता भएका उनको आइतबार जनकपुरधाम उपमहानगरपालिका २२ दुधमती नदीमा शव फेला परेको थियो । प्रहरीले हत्याको आशंका गरेका छन् । यद्यपि अहिलेसम्म ठोस प्रमाण जुटाउन सकेका छैनन् । धनुषाका प्रहरी नायव उपरीक्षक दिपक राईका अनुसार शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल पठाइएको थियो । शवको ६० प्रतिशतभन्दा बढी मासु गलिसकेको हुनाले प्रमाण जुटाउन कठिनाई देखिएको छ । त्यसपछि क्लु फेला पार्न प्रहरीले ल्याब टेस्टको लागि काठमाण्डु पठाइएको छ । यद्यपि काठमाण्डुका चिकित्सकले पनि हत्याका कारण बारे रिपोर्टमा केही खुलाएका छैनन् । आफ् न्तहरुले कुनै रिसबि नरहेको बताउँदै आएका छन् । मृतक बालकको परिवार जनकपुरधाम उपमहानगरपालिका–८ स्थित टेन्ट तानेर बस्दै आएका थिए । उनका स्थायी घर सर्लाही कबिलासी नगरपालिका–७ गैर बाजार रहेको छ । मृतक बालक गत जेठ १७ गतेदेखि बेपत्ता भएको उनका बुवा शियाशरण बरहीले प्रहरीमा जानकारी गराएका थिए । साँझ बस्दै गरेको स्थान वरीपरी बाट नै मृतक बालक वेपत्ता भएको थियो । बेपत्ता भएको एक सातापछि उनको शव फेला परेपनि कारण भने फेला परेको छैनन् ।