कृष्ण तिवारी , असार १० गते । रौतहटको राजपुर नगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्यहरुले शुक्रवार छैटौं नगर सभा बहिष्कार गरेका छन् ।
नगरप्रमुख डाक्टर राजिक आलमले हामीहरुलाई केहि जानकारी नगराई बैठक पनि न बसाइ निर्णयमा अगाडि नै हस्ताक्षर गराउन खोजेको र बोल्न पनि नदिएकाले नगर सभा बहिष्कार गरेको १ नम्बरका वडाध्यक्ष शेख अमिरुल्लाहले बताए । नगरप्रमुख आलमले हैकम वादी प्रवृत्तिले नगर सभा सञ्चालन गरेको आरोप उनले लगाए ।
वडाध्यक्ष शेख अमिरुल्लाह ले भने, ‘हामी ६ जना वडा अध्यक्ष र १४ जना कार्य पालिका सदस्य हरु लाई कुनै जानकारी न दिई अफ्ना मनमानी ढंगले नगर सभा गर्ने खोज्दा र हामी जानकारी लिन खोज्दा हैकम वादी प्रवृति देखाएकोले हामीले नगर सभा बहिष्कार गरेका छौं ।’ नगरप्रमुख राजिक आलमले बैठक नै नबसाइ छैटौं नगर सभा सम्पन्न गरेको उनले आरोप लगाए ।वडा नम्बर-२का वडाध्यक्ष सोनेलाल पडितले नगरसभामा दफाबार छलफल गरी विषयवस्तु पारित गर्ने प्रावधान रहे पनि ती सबै ऐन नियमलाई मिच्दै नगरप्रमुख राजिक आलमले एकलौटी गर्न खोज्दा आफूहरुलाई सह्य नभएको बताए ।
त्यस्तै वडा नम्बर–५ का वडा अध्यक्ष कृष्णनन्दन रामले नगरसभामा कुनै सिस्टम नै नरहेको आरोप लगाए । उनले उपस्थिति र निर्णय दुवैमा एकैपटक हस्ताक्षर गर्न भनेपछि आफूले पनि हस्ताक्षर नगरी सभा बहिष्कार गरेको बताए । नगरसभामा कार्यपालिकाका सबै सदस्यले आफ्नो विचार राख्न पाउने अधिकार रहे पनि नगरप्रमुख आलमले कसैलाई केही बोल्न नदिएको र नगरसभामा हैकम वादी प्रवृत्ति देखाएको आरोप लगाए । नगर सभा बहिष्कार कार्यक्रममा वार्ड न. ३ का वडा अध्यक्ष शेख हसिन अख्तर वडा न. ७ का इनताज हुसेन वडा न.९का वडा अध्यक्ष शेख नैरुल हक कार्यपालिका सदस्यहरु शिव साह कानु,शिव बैठा , मनोज कुमार लगाएत ३८जना सदस्य हरुले बिरोध जनाउँदै नगर सभा लाई बहिष्कार गरेका छन।