राैशन चाैधरी । राैतहट । १५ असार
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना कार्यन्वयन ईकाइ राैतहटकाे आयाेजनामा राष्ट्रिय धान दिवसको अवस धुमधामका साथ मनाएकाे छ । साना किसान सहकारी संस्था संतपुर र राैतहट सिडस बालचनपुरकाे समन्वयमा चन्द्रपुर नगरपालिकाकाे वडा नं ८ र वडा नं १० मा राष्ट्रिय धान दिवसको अवसरमा बुधबार आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ क्षेत्र नं १ का सासंद देव प्रसाद तिमलसिनाकाे प्रमुख आतिथ्यमा साे कार्यक्रम सम्पन भएकाे थियाे ।
विशिष्ट अतिथिमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना कार्यन्वयन ईकाइ राैतहटका नि०वरिष्ठ कृषि अधिकृत दिपक कुमार मिश्र हुनुहुन्थ्यो । मिश्रले कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउनुपर्ने जोड दिँदै धानकाे राेपाई मसिन बाट राेपानेकाे लागि किसानहरूलाई आग्रह गरेकाे थियाे । उहाले भन्नुभयाे कि नेपाल अब आधुनिक युग तिर गइसकेकाे र अब किसानले धानकाे राेपाई हाथ बाट हाेईन मसिन बाट गर्नु पर्छ ।
साे कार्यक्रमकाे अध्यक्ष नवनिर्वाचित जिल्ला समन्वय समितिका सभापति रामअयाेध्या यादवले गरेकाे थियाे । यादवले मेसिन चलाएर धान रोपेका थिए ।
साना किसान सहकारी संस्था संतपुरलाई धान राेपने ट्रक्टर ५० प्रतिशत अनुदानमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना राैतहटले दिएकाे छ ।
सो कार्यक्रममा धान विउ जाेनका व्यवसायी तथा २०० जना कृषककाे सहभागिता रहेकाे थियाे ।