राैशन चाैधरी ।
असार १६ गते
रौतहट जिल्लाको कटहरियामा निशुल्क पशु स्वास्थ्य शिबिर सुरु भएको छ । कटहरिया नगरपालिकाको वार्ड नं.१ देखि संचालनमा ल्याएको छ । कटहरिया नगरपालिकाको वार्ड नं.१ को वडाअध्यक्ष भुपेन्द्र महतो कोईरीको अध्यक्षतामा नगरपालिकाको वार्ड नं.१ मा पर्ने भसेढवा बिधालयको प्राङ्गणमा कार्यक्रमको उद्धघाटन गरिएको थियो । पशु सेवा कार्यालय कटहरियाले ३ दिन राखेकाे शिविरमा असार १७ गते वडा कार्याय भषेढपामा र १८ गते प्रशवनि टाेलकाे विधालयमा शिविर संचाल गरिने छ ।
उद्धघाटन कार्यक्रममा सोहि वाडकाेको १५३ जना कृषकको उपस्थिती रहेको थियो । निशुल्क पशु स्वास्थ्य शिबिरमा १६० वटा भैँसि ,४० वटा पाडी ,२० वटा पाडाको चेकजाँच गरिएको थियो ।कटहरिया नगरपालिकाको पशु सेवा शाखा अनुसार चेकजाँच गरिएको भेँसि ,पाडा ,पाडीहरुलाई बिभिन्न समस्या देखेपनि उनीहरुलाई जुकाको औषधि ,भिटामिन ,खाना रुचाउने औषधी जस्ता औषधीहरु बितरण गरिएको वडाअधयक्ष महतोले बताउनु भयो । साे कारयक्रममा पशु सेवा कार्यालयकाे प्रविधिक अमाेध पटेल ,अरूण कुमार यादव,सविन चाैधरी,सर्फलाल यादव,बिबेक यादव लगायत स्थानीयहरूकाे सहभागिता रहेकाे थियाे ।