राैशन चाैधरी ।
असार १७ गते ।
राैतहटकाे कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश साह को सक्रियतामा वर्षाको बेला बाढी कटान बाट जाेगाउनकाे लागि लालबकैयाकाे तटबन्धलाई माटाेले मर्मत सम्भार भईरहेकाेले साेकाे निरिक्षण उपनगर प्रमुख रिता देवि यादवले गरेकाेछिन्।
कटहरिया नगरपालिकाकाे वाड नं १ भषेढवाकाे बडेरवामा निरिक्षणकाे क्रममा उपनगर प्रमुख यादवले भनेकी याे गाउलाई बाढीले बढी कट्टान गर्दै आईरहेकाेले यसलाई सधैकाे लागि अन्तय गर्नकाे लागि केन्द्रीय मन्त्रालय बाट छिटाे बजेट ल्यार समाधान गर्ने बताउनु भयाे । कटहरिया नगरपालिकाकाे लागतमा करिब १ किलाे मिटर बान्ध खराब रहेकाेले मर्मत सम्भार भईरहेकाे स्थानीय वासीले बताए ।
लालबकैया नदीमा जलस्तर बृद्धिले जग्गा कटान भइरहेको छ । बेमौसमी वर्षाका कारण लालबकैया नदीमा आएको बाढीले जिल्लाको विभिन्न ठाउँमा जग्गा कटान तीव्र बनाएको छ । नदीको बहाव उच्च बनेपछि स्थानीय बासिन्दाको जग्गा कटानसँगै लगाएको बालीमा क्षति पुर्याएको छ । स्थानीय बासिन्दाले नदीमा जाली बोल्डरले कटान रोकनको लागि निर्माण गर्न वर्षौँदेखि माग गर्दै आए पनि बेवास्ता हुँदै आएको छ । साे निरिक्षण कार्य क्रममा स्थानीय वासिहरूकाे सहभागिता रहेकाे थियाे ।