रौशन चौधरी ।
असार १८ गते ।
पुरानो न्यायीक समितिले गरेको काम बारे जिल्ला अदालत रौतहटले निरिक्षण गरेको छ ।
निरिक्षणको क्रममा रौहतटको कटहरिया नगरपालिकामा न्यायीक समितिले कामै नगरेको पाइएको हो ।
शनिबार जिल्ला रौतहट अदालतका माननीय जिल्ला न्यायाधीश श्री चित्र वहादुर गुरुङ्ग लगायतका टोलिले कटहरिया नगरपालिकामा न्यायिक समितिले गरेको काम बारे बुझेका छन् ।
सो पलिकामा यस भन्दा अघिका निर्वाचित उपप्रमुखले कुनै पनि काम नगरेको पाईएका छन् ।
कटहरिया नगरपालिकाकी नव निर्वाचित उप प्रमुख रिता देवी यादवको अध्यक्षतामा न्यायीक समिति गठन गरी तत्काल सञ्चान निरिक्षणमा आएका न्यायाधीश सहितका टोलिले सुझाब दिएका छन् । स्थानिय तहको मुदामामिला काम कारवाहीको बारेमा निरिक्षणका साथै कटहरिया नगरपालिकामा न्ययीक समिति सञ्चालन गरेर स्थानिय जनतालाई सुलभ तरिकाले न्यायीक पाउनुपर्ने सम्बन्धी अन्र्तक्रिया कार्यक्रम समेत भएको हो । कार्यक्रममा प्रशासकीय अधिकृत रामप्रकाश साह , प्रशासन का तर्फबाट हरिन्द्र यादव , समाज सेवि युवा नेता जवाहरलाल यादव , कर्मचारी ,प्रत्रकार ,कार्यपालिका सदस्य जामुन ठाकुर लगायतको उपस्थिति रहेको थियो ।