असार १९ गते।
रौतहटको देवाही गाेनाही नगरपालिका -९ धरहरीमा रहेको श्री जय किसान नमुना माबिमा कुनै प्रकारको अनिमिता नभएको प्रधानाध्यापक उमेश कुमार यादवले बताएका छन । नगर प्रमुख प्रेमलाल साहले बिहीबार अनुगमन गर्न आउनु भएकाेमा केहि व्यक्ति गलत सुक्षावमा बिधालयमा व्यापक अनियमितता भएको भन्दै आफू माथि लगाईएकाे कराेडाैकाे घाेटाला कपाेक्लपित निराधार झुठा राजनीति करण गरि चरीत्र हत्या गर्ने खोजेको प्रअ यादवले बताउनु भएको छ ।बिधालयमा शैक्षिक सुधारकाे लागि आएको रकममा बिधालयका प्रअ र शिक्षा संयोजकले मिलेर करोडौं रुपैयाँ हिनामिना गरेकाे भन्दै अभिभावकहरूले लगाएको आराेप सरासर गलत तथा भ्रामक पुर्ण रहेकाे यादवले बताउनु भयो । प्रअ यादवले आफू २०५७ साल देखि शिक्षक भएर २०७० सालमा प्रअ भई काम गरिदै आएको बताउनु भयो । यादवले २०७४ सालमा प्राबिधीक शिक्षा लागू गरि सिभिल कक्षा संचालन गराउन सफल भएको जानकारी गराउनु भयो । स्थानीय सरकार संचालन भए देखि बिधालयमा कुनै किसिमको सहयोग नभएको प्रअ यादवले बताउनु भयो । यादवले आफू प्रअ देखि बिधालयकाे सम्पत्तिबाट कसैलाई एक सुकाे नदि संरक्षण गरिदै आएको बताउनु भयो । बिधालयकाे सम्पत्ति जथाभावी खर्च गर्न न सकदा केही ब्यक्तिले त्यसैलाई लिएर स्थानीय सरकारका प्रमुखलाई उचालेर आफू माथि अनेकौं षड्यन्त्र र जालझेल रचिएको प्रअ यादवको भनाइ रहेको थियो । बिधालयमा शिक्षक अपुग भएको कारण नियमित पठन पाठनमा समस्या भएको प्रअ यादवले स्वीकार गर्नु भयो । २०७८ साल देखिनै अपुग रहेको शिक्षक हालसम्म पूरा नहुदा बिधार्थीहरकाे पठनपाठनमा समस्या भइरहेको र स्थानीय सरकारका प्रमुख धर्मेन्द्र प्रसाद पटेल हुदा आफु
पटक पटक ताकेता गर्दा कुनै सुनवाइ न हुँदा बिधार्थीहरुकाे अवस्था यस्तो भएको बताउनुभयो ।
बिधालयबाट सरुवा गराउन राजनीतिक दलका केहि ब्यक्तिहरु बिगतका प्रअबाट असुल्दै आएको रकम आफ्नो पालामा नपाउँदा हताेसाहित भइ बिधालयबाट सरुवा गराउन बिगत एक वर्ष देखि आफू माथि अनेकौं जालझेल बुनिरहेकाे प्रअ यादवले बताउनु भयो ।